default_image

8 months ago

June 22, 2024

जर्जिया र चेकियाको बराबरी 

386 views

0 Bookmark

काठमाडौँ (हाम्रोखेलकुद) – यूरो कप २०२४ अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा जर्जिया र चेकियाले बराबरी खेलेका छन् । जर्मनीको ह्यामबर्गमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

पहिलो हाफको अन्त्यतिर जर्जियाले खेलमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोबिन ह्रनाचले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा जर्जेस मिकाउताड्जेले कुनै गल्ती गरेनन् ।  

खेलको ५९औ मिनेटमा प्याट्रिक शिखले गोल गर्दै चेकियाका लागि बराबरी गोल गरे । तर खेलको मिनेटमा जर्जिया जित हासिल गर्नबाट चुक्यो ।

इन्ज्युरी समयको पाचौ मिनेटमा थ्री-भर्सेस-वान अवसरमा साबा लोभजानिड्जेको प्रहार पुस्तभन्दा माथिबाट बाहिरियो । सो मौका खेरा गएपछि जर्जिया इतिहासमा पहिलो यूरो कप जितबाट बन्चित भयो । 

बराबरी पछि दुवै टोलीले समूह एफमा दोस्रो खेलमा पहिलो अंक जोडेका छन् । पहिलो खेलमा यी दुई टोलीलाई हराएका पोर्चुगल र टर्की ९:४५ बजे भिड्दै छन् । 

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.