9 months ago
June 21, 2024
एजेन्सी – इटाली माथि जित हात पार्दै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटाली माथि १-० को जित निकालेको हो ।
स्पेनको एकमात्र गोल दोस्रो हाफको सुरुवातमा आत्मघाती गोल रूपमा आएको थियो । खेलको ५५औं मिनेटमा निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर बल आफ्नै जालीमा पुगेपछि स्पेनले गोल गरेको थियो । सोही गोल जितका लागि पर्याप्त बन्यो ।
समूह बी मा पहिलो खेलमा स्पेनले क्रोएसिया माथि ३-० को जित हात पारेको थियो । स्पेनको २ खेलमा ६ अंक भएको छ । इटाली २ खेलमा ३ अंक सहित दोस्रो स्थानमा छ ।
अल्बानिया र क्रोएसिया समान १-१ अंक सहित क्रमशः तेस्रो र चौथो छन् ।युरो कपमा शुक्रवार थप तीन खेल हुँदै छन् ।
बेलुका ६:४५ बजे समूह ई का स्लोभाकिया र युक्रेन भिड्ने छन् । ९:४५ बजे समूह डी का पोल्यान्ड र अष्ट्रिया भिड्दा राती १२:४५ बजे सोही समुहका नेदरल्याण्ड्स र फ्रान्स खेल्नेछन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]