default_image

1 week ago

June 19, 2024

अल्बानिया र क्रोएसियाको रोमाञ्चक बराबरी

410 views

0 Bookmark

एजेन्सी – हारको संघारमा रहेको अवस्थामा अन्तिम समयमा गोल गर्दै अल्बानियाले क्रोएसिया विरुद्ध यूरो कप २०२४ मा रोमाञ्चक बराबरी खेलेको छ । समूह बी अन्तर्गत आ-आफ्ना दोस्रो खेलमा अल्बानिया र क्रोएसियाले २-२ को बराबरी खेलेका हुन् ।

खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको थियो । तर खेलको अन्तिम समयमा बराबरी गोल गर्दै अल्बानियाले हार टार्यो । आत्मघाती गोल गर्दै पछि परेका खेलाडीले अन्त्यमा बराबरी गोल गरेका थिए ।

११औं मिनेटमा जासिर असानीको क्रसमा काजीम लासीले हेडर मार्फत गोल गर्दै अल्बानियाले खेलमा अग्रता लिएको थियो । तर सो अग्रता अल्बानियाले दुई मिनटको बीचमा गुमाउन पुग्यो ।

आन्द्रेज क्रामारिचले ७४औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल गरे । ७६औं मिनेटमा आत्मघाती गोलको सहयोगमा क्रोएसियाले खेलमा पुनरागमन गर्दै अग्रता लियो । आफ्नै सहकर्मीले क्लियर गरेको बल क्लाउस जासुलालाई लागेर गोलमा।परिणत भएको थियो ।

तर अन्त्यमा आत्मघाती गोल गरेका जासुलाले गोल गर्दै खेलमा बराबरी गरे ।

बराबरी पछि दुवै टोलीले समूह बि मा पहिलो अंक जोडेका छन् । पहिलो खेलमा क्रोएसिया स्पेन विरुद्ध र अल्बानिया इटाली विरुद्ध पराजित भएका थिए ।

युरो कपमा आज ९:४५ बजे समूह ए अन्तर्गत आयोजक जर्मनी र हंगेरी भिड्दै छन् भने राती १२:४५ बजे स्कटल्याण्ड र स्विट्जरल्यान्ड भिड्ने छन् ।

June 27, 2024

युरोको नकआउट समीकरण पूरा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् […]

June 27, 2024

पोर्चुगल जर्जियासँग पराजित

एजेन्सी – युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै हाफमा १-१ गोल गरेको थियो । पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो […]

June 27, 2024

युरो कपको अन्तिम १६ मा बेल्जियम र फ्रान्स भिड्ने

एजेन्सी – युरो कप २०२४ को अन्तिम १६ मा बेल्जियमको प्रतिद्वन्दी फ्रान्स हुने भएको छ । समूह ई मा उपविजेता बनेपछि बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि फ्रान्स विरुद्ध खेल्ने भएको हो । समूह चरणको अन्तिम खेलमा बुधबार बेल्जियम युक्रेन विरुद्ध गोलरहित बराबरीमा रोकिएको हो । उता सोही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १-१ को […]

Success

Thank you for your time.