default_image

1 week ago

June 19, 2024

लगातार दोस्रो जितको खोजीमा आयोजक जर्मनी

1336 views

0 Bookmark

एजेन्सी – युरो कप २०२४ को आयोजक जर्मनी आज लगातार दोस्रो जित हासिल गर्ने लक्ष्य सहित मैदान उत्रिदै छ । समूह ए अन्तर्गत आफ्नो दोस्रो खेलमा आज जर्मनीले हंगेरीको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार ९:४५ बजे स्टुटगार्ट एरिनामा सुरु हुनेछ । उद्दघाटन खेलमा स्कटल्याण्ड माथि ५-१ को उत्कृष्ट जित दर्ता गरेको उपाधि दावेदार मध्यको एक जर्मनी अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्य सहित जित निकाल्न खोज्ने छ । ग

उता हंगेरी भने पहिलो खेलमा स्विट्जरल्यान्ड विरुद्ध ३-१ ले पराजित भएको थियो । सधैंको मेजर प्रतियोगितामा उत्कृष्ट ढंगले सबैलाई चकित बनाउने हंगेरी टोली यसपटक भने पहिलो खेलमा सहजै पराजित भयो । हंगेरीले समूह चरणबाट दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न आज जितले सहयोग गर्ने छ ।

यस्तै सोही समूहमा रहेका स्कटल्याण्ड र स्विट्जरल्यान्ड आज राती १२:४५ बजे खेल्दैछन् ।

सो दुई खेल अघि ६:४५ बजे कोएसिया र अल्बानिया ६:४५ बजे भिड्ने छन् । दुवै टोली आ-आफ्नो पहिलो खेलमा क्रमशः स्पेन र इटालीसँग पराजित भएका थिए ।

June 27, 2024

युरोको नकआउट समीकरण पूरा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् […]

June 27, 2024

पोर्चुगल जर्जियासँग पराजित

एजेन्सी – युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै हाफमा १-१ गोल गरेको थियो । पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो […]

June 27, 2024

युरो कपको अन्तिम १६ मा बेल्जियम र फ्रान्स भिड्ने

एजेन्सी – युरो कप २०२४ को अन्तिम १६ मा बेल्जियमको प्रतिद्वन्दी फ्रान्स हुने भएको छ । समूह ई मा उपविजेता बनेपछि बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि फ्रान्स विरुद्ध खेल्ने भएको हो । समूह चरणको अन्तिम खेलमा बुधबार बेल्जियम युक्रेन विरुद्ध गोलरहित बराबरीमा रोकिएको हो । उता सोही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १-१ को […]

Success

Thank you for your time.