8 months ago
June 19, 2024
एजेन्सी – पहिलो पटक युरो कपमा सहभागिता जनाइरहेको जर्जिया आफ्नो पहिलो खेलमा टर्की विरुद्ध पराजित भएको छ । समूह एफ अन्तर्गतको पहिलो खेलमा टर्कीले जर्जियालाई ३-१ ले पराजित गरेको हो ।
२५औं मिनेटमा मर्ट मल्डरको उत्कृष्ट भली प्रहारमा टर्कीले खेलमा अग्रता लिएको थियो । बक्स भित्रबाट क्लियर भएर आएको बलमा उत्कृष्ट भली प्रहार गर्दै उनले अग्रता दिलाएका थिए ।
तर जर्जियालाई बराबरी गर्न धेरै समय लागेन । ३२औं मिनेटमा जर्जेस मिकाउताड्जेले जर्जियाका लागि बराबरी गरे । टर्कीले पुनः अग्रता लिन दोस्रो हाफ कुर्नु पर्यो ।
६५औं मिनेटमा टर्की पुनः अग्रतामा गएको गोल उत्कृष्ट नै रहेको थियो । आर्दा गुलेरले बक्स भन्दा निकै टाढाबाट पाएको स्पेसमा सुन्दर प्रहार गर्दै टर्कीलाई पुनः अग्रतामा पुर्याएका थिए ।
टर्कीले इन्ज्युरी समयको अन्तिमतिर गोल गर्दै जित सुनिश्चित गर्यो । जर्जियाका सबै खेलाडी बराबरी गोल गर्ने तरखरमा लागेको मौका पारी काउन्टर अट्याकमा केरेम आक्तुरकोग्लुले टर्कीका लागि तेस्रो गोल गरे ।
समूह एफ अन्तर्गत पोर्चुगल र चेक रिपब्लिक राती १२:४५ बजे भिड्दै छन् ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]