default_image

3 months ago

June 18, 2024

रोनाल्डो ६ युरो कप खेल्ने पहिलो खेलाडी बन्दै 

2089 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो इतिहासमा ६ वटा युरो कप खेल्ने हुने पहिलो खेलाडी बन्ने भएका छन् ।

रोनाल्डोले आज राति चेक रिपब्लिक विरुद्ध पोर्चुगलको युरोको पहिलो खेल खेलेमा युरोको‌ ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाउनेछन् । 

उनले देशका लागि हालसम्म २ सय ८ खेलमा कीर्तिमान १ सय ३० गोल गरेका छन्। रोनाल्डोले उमेर बढ्दै जाँदा पनि सन्न्यास लिने संकेत देखाएका छैनन् । अल-नासरमा आबद्ध फरवार्ड रोनाल्डोले जर्मनीमा टोलीको नेतृत्व गर्नका साथै गोल र सफलताको कीर्तिमान थप्न प्रयास गर्नेछन्।

रोनाल्डो सम्मिलित टोली सन् २०१६ को युरो कप फाइनलमा आयोजक फ्रान्सलाई हराएर च्याम्पियन बनेको थियो । रोनाल्डोले २००४ मा ग्रिससँग समूह चरणमा २-१ ले पराजित हुँदा पोर्चुगलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । 

रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा कुल १४ गोल गरेका छन् । जुन प्रतियोगिताको इतिहासमा कुनै पनि खेलाडीको सबैभन्दा धेरै गोलसंख्या हो ।

३९ वर्षिय रोनाल्डो यसअघि २००४, २००८, २०१२, २०१६ र २०२१ संस्करणमा पोर्चुगलको टोलीमा थिए । रोनाल्डो र स्पेनका पूर्व कप्तान इकर कासिलास मात्र पाँच संस्करण खेल्ने खेलाडी हुन्। कासिलास २०००, २००४, २००८, २०१२ र २०१४ मा स्पेनको टोलीमा थिए । यद्यपि, कासिलासले २००० वा २०१६ मा एक खेल पनि खेलेनन् ।

कासिलाससम्मिलित स्पेनले २००८ मा दोस्रो र २०१२ मा तेस्रो पटक युरो कप उपाधि जितेको थियो। २६ खेलाडीले ४ संस्करणको युरो कप खेलेका छन् । 

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.