8 months ago
June 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका छन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट ५ खेलाडी कटौती गर्दै दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका हुन् । प्रशिक्षणबाट सुशीला कुमारी चौधरी, सबिना चौधरी, गंगा गुरुङ, ममता पुन र मनमाया दमाई बाहिरिएका छन् ।
नेपाली टोलीले दुई साताअघिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेका छन् । नेपालले लेबनानमा आयोजना हुने फोर नेसन्स कपसँगै नेपालमै आयोजना हुने साफ महिला च्याम्पियनसिपको लागि तयारी गरिरहेको छ ।
एन्फाले सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ कोचमा विनोद महर्जनलाई नियुक्त गरेको छ । टिम व्यवस्थापकमा विन्द्रा देवान, टिम डक्टरमा डा. ज्योति राई र फिजियोमा नविना श्रेष्ठ वैद्य रहेका छन् ।
आउँदो अक्टोबरमा नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह ए मा पाँच पटकको विजेता भारत, साविक विजेता बंगलादेश र पाकिस्तान रहेका छन् ।
साफ अक्टोबर १७ देखि ३० सम्म दशरथ रंगशालामा हुने तय छ । २०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएकाे थियो ।
भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ । भारतले नेपाललाई चार पटक र बंगलादेशलाई एकपटक फाइनलमा हराएको छ ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]