default_image

9 months ago

June 14, 2024

युरो कपको उद्घाटनमा जर्मनी र स्कटल्याण्ड भिड्दै, डिस होमले प्रत्यक्ष प्रसारण गर्ने

2630 views

0 Bookmark

एजेन्सी – युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । आयोजक र तीन पटकको च्याम्पियन जर्मनीले शुक्रबार म्युनिखमा हुने उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।

म्युनिख फुटबल एरिनामा समूह ए अन्तर्गतको सो खेल शनिबार नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

२४ शीर्ष युरोपियन टोलीहरू छ समूहमा विभाजित रहेका छन् । फाइनल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

घरेलु टोलीबाट खेल्न सन्यास लिएर पुनः फर्किएका अनुभवी मिडफिल्डर टोनी क्रुसको पुनरागमनसँगै युरोमा जर्मनीको उपाधि  सम्भावना बलियो हुनेछ ।

डिफेन्डिङ च्याम्पियन इटाली, तीन पटकको विजेता स्पेन र २०१८ फिफा विश्वकपको फाइनलमा पुग्ने क्रोएसियासँगै कठिन समूह बी मा छन्।

सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता क्रिष्टियानो रोनाल्डो लगातार छैटौं पटक पोर्चुगल फुटबल टोलीको साथमा रहेका छन् । रोनाल्डो २५ खेलमा १४ गोलका साथ युरोमा समग्र स्कोरिङ चार्टमा शीर्ष स्थानमा छन् । रोनाल्डो २०२० संस्करणमा सर्वाधिक गोलकर्ता थिए र २०१६ मा पोर्चुगललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

दुई पटकको च्याम्पियन र २०२२ फिफा विश्वकपको फाइनलमा पुगेको फ्रान्स समूह डी बाट उपाधिका लागि अग्रपंक्तिमा रहेको छ । 

युरो कप डिस होमले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रत्यक्ष प्रसारण प्रिमियर एचडी क्वालिटीमा हुने डिस होमले जनाएको छ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.