7 months ago
June 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटको समूह ‘बी’ मा परेको छ । एएफसीको मुख्यालय क्वालालम्पुरमा बुधबार भएको ड्र समारोहमा नेपाल समूह बी मा परेको हो ।
नेपालको समूहमा उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् । नेपालको समूहका खेलहरू सेप्टेम्बरमा चाइनिज ताइपेईमा हुनेछन् ।
नेपाली टोलीले छनोट खेल्न अघि अगस्टमा नेपालमा हुने साफ यू–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
पछिल्लो पटक भएको छनोटमा नेपाल समूहको पुछारमा रहेको थियो । नेपाल कतार, बहराइन, बंगलादेश र भुटानसँग पराजित भएको थियो । नेपालले चार खेलमा जम्मा १३ गोल खाएको थियो भने एक गोल मात्र गरेको थियो ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]