default_image

7 months ago

June 13, 2024

नेपाल, जापान र कतार एउटै समूहमा

1312 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल एसियाली महारथी जापान र कतारसँगै एकै समूहमा परेको छ । बिहीबार भएको ड्र पछि नेपाल छनोटको समुह एफ मा परेको हो ।

समूहमा नेपालसँगै जापान र कतार बाहेक मंगोलिया रहेको छ । यस समुहका सबै खेल कतारले आयोजना गर्नेछ । छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ ।

जापान प्रतियोगिताको साविक विजेता समेत रहेको छ । २०२३ मा थाइल्याण्डमा भएको सो प्रतियोगितामा जापानले दक्षिण कोरिया माथि फाइनलमा जित दर्ता गरेको थियो ।

२०२३ को छनोटमा नेपालले भियतनाम, थाइल्याण्ड र चाइनिज ताइपेइ विरुद्ध पराजित हुदै ३ खेलमा १२ गोल खान पुगेको थियो ।

January 14, 2025

पुलिससँग वालिङ तेस्रो पटक पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

Success

Thank you for your time.