8 months ago
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आउँदो अगस्ट १६ देखि २८ सम्म हुने साफ यु-२० पुरुष च्याम्पियनसिपको उद्दघाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधवार सार्वजनिक गरेको तालिकामा नेपालले उद्दघाटन खेलमा श्रीलंका विरुद्ध खेल्ने भएको हो ।
समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध अगस्ट १९ मा खेल्नेछ भने तेस्रो खेल बंगलादेश विरुद्ध अगस्ट २२ मा खेल्नेछ ।
समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । सेमिफाइनलका दुवै खेल अगस्त २६ का दिन हुनेछ भने फाइनल अगस्त २८ का दिन हुनेछ ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]