default_image

3 months ago

June 11, 2024

यमनविरुद्ध नेपाली टोलीमा एक परिवर्तन

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमन विरुद्ध एक परिवर्तन गरेको छ । नेपाली समय अनुसार ११:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुने खेलमा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले युएई विरुद्ध हार बेहोरेको टोलीबाट सुरुवाती ११ मा एक परिवर्तन गरेका हुन् ।

पछिल्लो खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मिडफिल्डर बसन्त जिम्बाको स्थानमा डिफेन्डर सनिश श्रेष्ठ टोलीमा आएका छन् ।

नेपालका लागि गोलकिपर तथा कप्तान किरण चेम्जोङले निरन्तरता पाएको छन् भने उनको अगाडि डिफेन्स लाइनमा सनिश सहित अनन्त तामाङ, रोहित चन्द, विशाल बस्नेत र सौभाग्य राई रहेका छन् ।

मिडफिल्डमा भरत खवासको साथ साथ लाकेन लिम्बूले दिनेछन् भने अग्रपंक्तिमा मनिष डाँगी, जिलेस्पी र सञ्जीव विष्ट रहेका छ्न ।

अन्तिम दुई खेल खेल्ने टोलीमा पछिल्लो समय फुटबल टोलीबाट बाहिर रहेका युवा फरवार्ड आयुष घलान भने सुरुवाती ११ मा रहेका छैनन् ।

खेल नेपाली समय अनुसार बेलुका ९:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ

सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४-० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ ।

समूह ‘एच’ मा रहेको नेपालले त्यसअघि पाँचै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँग पहिलो खेलमा ४-० र यमनसँग २-० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो ।

नेपालले आजको खेलमा अंकको खाता खोल्न चाहन्छ । यस्तै गोलको लागि संघर्षरत नेपाली टोलीले गोलको खाता समेत खोल्न चाहेको प्रशिक्षक अनेसेले साउदी भ्रमणमा जानु अघि बताएका थिए । पछिल्लो खेलमा दुई पटक क्रसबारमा प्रहार गरेको नेपाली टोलीले आज भने गोलको खडेरी तोड्ने लक्ष्य साथ मैदानमा उत्रिने छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.