8 months ago
June 11, 2024
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डे जोङले चोटका कारण युरो २०२४ गुमाउने भएका छन् ।
नेदरल्याण्ड्स र बार्सिलोनाका मिडफिल्डर डे जोङ चोटका कारण यस समरमा जर्मनीमा हुन लागेको युरोपियन च्याम्पियनसिपबाट बाहिर रहने भएका छन् । गत मार्चमा घुँडाको चोट लागेपछि २७ वर्षीय डे जोङले बार्सिलोनाबाट मात्रै तीन पटक खेलेका छन् ।
डे जोङ आफ्नो रिकभरीसँग संघर्ष गर्दा पनि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई यूरो २०२४ को टोलीमा समावेश गरेका थिए । तर, युरो कप नजिकिदै गर्दा उनको चोट पूर्णरुपमा ठीक हुन नसकेपछि टोलीबाट बाहिरिने पक्का भएका हुन् ।
समूह ‘डी’ मा रहेको नेदरल्याण्ड्सले १६ जुनमा पोल्याण्डसँग खेल्दे युरो कपको सुरुवात गर्नेछ । यो समूहमा फ्रान्स र अस्ट्रिया पनि छ । डे जोङले नेदरल्यान्ड्सबाट ५४ पटक खेल्दा २ गोल गरेका छन् ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]