default_image

4 months ago

June 6, 2024

आर्मीका बसन्तलाई डेब्यु दिँदै नेपालको सुरुवाती-११ घोषणा

3642 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका डिफेन्डर बसन्त जिम् बाकाई डेब्यु दिँदै नेपालको युएई विरुद्ध उत्रिने सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले बसन्तलाई डेब्यु दिँदै सुरुवाती ११ घोषणा गरेका हुन् ।

टोलीमा अटाएका आर्मीका ५ मध्य ३ खेलाडी; सुरुवाती रोजाइमा छन् । आर्मीका जिलेस्पी जंग कार्की, भरत खवास र बसन्त सुरुवाती ११ मा रहेका हुन् ।

नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङ आज आफ्नो ९९औं अन्तराष्ट्रिय खेल खेल्दैछन् । उनका अगाडि डिफेन्स लाइनमा अनन्त तामाङ, रोहित चन्द, विशाल बस्नेत र सौभाग्य राई रहेका छन् ।

मिडफिल्डमा भरत र बसन्तको साथ लाकेन लिम्बूले दिनेछन् भने अग्रपंक्तिमा मनिष डाँगी, जिलेस्पी र सञ्जीव विष्ट रहेका छ्न ।

अन्तिम दुई खेल खेल्ने टोलीमा पछिल्लो समय फुटबल टोलीबाट बाहिर रहेका युवा फरवार्ड आयुष घलान भने सुरुवाती ११ मा रहेका छैनन् ।

खेल नेपाली समय अनुसार बेलुका ९:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य जनाउँदै न्यूट्रल भेन्यु तय गर्न एन्फालाई पत्राचार गरेपछि अन्तिममा दुवै खेल साउदी अरबमा खेल्ने‌ भएको‌ हो ।

नेपाल र यमन बीचको खेल पनि सोही स्टेडियममा हुँदैछ । समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.