default_image

5 months ago

June 3, 2024

एमबाप्पे अन्ततः रियल म्याड्रिडमा

2943 views

0 Bookmark

एजेन्सी – फ्रेन्च स्टार फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध भएका छन् । रियलले सामाजिक संजाल मार्फत उनको अनुबन्ध सार्वजनिक गरेको यो । एमबाप्पेसँग रियलले आउँदो जुलाई देखि २०२९ सम्मको सम्झौता गरेको छ ।

पिएसजीले फेब्रुअरीमा विज्ञप्ति जारी गर्दै एमबाप्पेले यो सिजनपछि क्लब छोड्ने घोषणा गरेको थियो । फ्रेन्च सञ्चार माध्यमका अनुसार त्यसअघि एमबाप्पेले आफ्नो क्लब र सहकर्मीहरुलाई यो सिजनपछि क्लब संग सम्झाैता नवीकरण नगर्ने जानकारी दिएका थिए ।

एमबाप्पेलाई रियलले उनी अर्को फ्रेन्च क्लब मोनाकोमा हुँदादेखि क्लबमा भित्र्याउन चाहेको थियो । उनी सन् २०१८ मा मोनाकोबाट १ सय ८० मिलियन यूरो ट्रान्सफर फि सहित पिएसजीमा अनुबन्ध भएका थिए । त्यसबेला उनी मात्र १८ वर्षका थिए ।

त्यसपछि रियलले लगभग हरेक वर्ष एमबाप्पे भित्र्याउन चाहेको स्पेनी सञ्चार माध्यमले सार्वजनिक गर्ने गरेका थिए । २०२२ मा पिएसजी सँगको सम्झौता सकिएको बेला उनी रियल जाने सम्भावना धेरै भएको आँकलन गरिएको थियो । तर उनी पिएसजीको प्रस्ताव स्वीकार्दै फ्रान्समै बसेका थिए ।

तर यसपटक उनको रियल जाने विषयले गति लिएको थियो । स्पेनी सञ्चार माध्यमका अनुसार रियलले २०२२ मा गरेको प्रस्तावभन्दा अहिलेको प्रस्ताव आर्थिक रूपमा धेरै कम छ । त्यसका बाबजुद उनले रियलको प्रस्ताव स्वीकारेका छन् ।

उनी २४ वर्षमै पिएसजीको इतिहासमा सर्वाधिक गोलकर्ता समेत हुन् । युरोपेली च्याम्पियन्स लिगमा उनले २४ वर्षको उमेरमा नै ४४ गोल गरिसकेका छन् ।

एमबाप्पेले फ्रान्सेली राष्ट्रिय टोलीका लागि ७७ खेलमा ४६ गोल गरेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा ओलिभियर जिरुड (५६) र थियरी हेनरी (५१) भन्दा मात्र पछि छन् ।

२०१८ मा फ्रान्सले विश्वकप उचाल्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । २०२२ को विश्वकपमा फाइनलमा पराजित भएपनि फाइनलमा ह्याट्रिक सहित ८ गोल गर्दै एमबाप्पेले गोल्डेन बुट जितेका थिए ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.