default_image

3 months ago

June 2, 2024

मोउरिन्हो टर्किस लिगमा

354 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक जोसे मोउरिन्हो टर्किस शीर्ष डिभिजनको क्लब फेनरबाचे पुगेका छन् । क्लबले सामाजिक सञ्जाल मार्फत मोउरिन्होलाई अनुबन्ध गरेको व्यहोरा सार्वजनिक गरेको हो ।

६१ वर्षीया मोउरिन्होले इस्माइल कार्तललाई प्रतिस्थापन गर्नेछन् । कार्तलले शुक्रबार फेनेरबाचे लिग तालिकामा चिर प्रतिद्वन्दी गालातासाराय भन्दा पछि दोस्रो स्थान हासिल गरेपछि शुक्रबार क्लब छाडेका थिए । लिग सिजनभर एक बार मात्र बेहोर्दै ९९ अंक ल्याएपनि फेनरबाचेले लिग उपाधि गुमाउन पुगेको थियो ।

मोउरिन्ह साढे दुई सिजनको जिम्मेवारीपछि जनवरीमा रोमाले बर्खास्त गरेपछि कुनै क्लबमा आवद्ध रहेका छैनन् ।

चेल्सी, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मोउरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जित्ने एकमात्र प्रशिक्षक हुन् । उनले आफ्नो गृह देश पोर्चुगलमा बेन्फिकामा सुरु भएको २४ वर्षको प्रशिक्षण करियरमा २१ उपाधि जितेका छन् । उनले पोर्टो, इन्टर मिलान र टोटेनहममा पनि प्रशिक्षण गरेका छन् ।

मोउरिन्होको पछिल्लो उपाधि २०२२ मा रोमासँग युरोपा कन्फरेन्स लिगको रूपमा आएको थियो । लगत्तै अर्को सिजनमा रोमा उनकै प्रशिक्षणमा युरोपा लिगको फाइनलमा पराजित भएको थियो ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.