default_image

3 months ago

June 1, 2024

च्याम्पियन्स लिग फाइनल आज

872 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग उपाधि भिडन्त आज राती हुँदै छ । लन्डन स्थित वेम्ब्ली स्टेडियममा आज राती १२:४५ बजे जर्मन टोली बोरुसिया डर्टमुण्डले स्पेनिश टोली रियल म्याड्रिड विरुद्ध खेल्नेछ ।

रियलले कीर्तिमानी १४ पटक उपाधि जितेकाे छ। सबैभन्दा धेरै उपाधिको तालिकामा एसी मिलान ७ उपाधि सहित दोस्रो स्थानमा छ । आज जित निकाल्न सके रियलले मिलानको उपाधिको दोब्बर भन्दा बढी उपाधि जित्नेछ ।

उता डर्टमुण्ड १९९७ मा एक पटक मात्र च्याम्पियन्स लिगको उपाधि उचालेको टोली हो । पछिल्लो पटक डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । सो फाइनलमा डर्टमुण्डले बायर्न म्युनिखविरुद्ध २-१ को हार बेहोरेको हो ।

डर्टमुण्डका लागि आजको फाइनल अझै एक कारणले खास छ । क्लब लिजेण्ड मार्को रुइसका लागि आजको खेल १२ वर्षपछि क्लबका लागि अन्तिम हुनेछ । त्यसैले पनि दोस्रो उपाधि जित्दै डर्टमुण्ड रुइसलाई सुखद अन्त्य दिन चाहन्छ ।

डर्टमुण्डको फाइनल यात्रा:

समूह चरण:
पिएसजी २-० डर्टमुण्ड
डर्टमुण्ड ०-० एसी मिलान
न्युक्यासल ०-१ डर्टमुण्ड
डर्टमुण्ड २-० न्युक्यासल
एसी मिलान १-३ डर्टमुण्ड
डर्टमुण्ड १-१ पिएसजी

अन्तिम १६: (समग्रमा ३-१ ले विजयी)
पिएसभी आइन्ढोभन १-१ डर्टमुण्ड
डर्टमुण्ड २-० पिएसभी आइन्ढोभन

क्वाटरफाइनल: (समग्रमा ५-४ ले विजयी)
एट्लेटिको म्याड्रिड २-१ डर्टमुण्ड
डर्टमुण्ड ४-२ एट्लेटिको म्याड्रिड

सेमीफाइनल: (समग्रमा २-० ले विजयी)
डर्टमुण्ड १-० पिएसजी
पिएसजी ०-१ डर्टमुण्ड

रियलको फाइनल यात्रा:

समूह चरण:
रियल म्याड्रिड १-० युनियन बर्लिन
नापोली २-३ रियल म्याड्रिड
ब्रागा १-२ रियल म्याड्रिड
रियल म्याड्रिड ३-० ब्रागा
रियल म्याड्रिड ४-२ नापोली
युनियन बर्लिन २-३ रियल म्याड्रिड

अन्तिम १६: (समग्रमा २-१ को जित)
लाइपजिग ०-१ रियल म्याड्रिड
रियल म्याड्रिड १-१ लाइपजिग

क्वाटरफाइनल: (समग्रमा ४-४, टाईब्रेकरमा ४-३ को जित)
रियल म्याड्रिड ३-३ म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटी १-१ रियल म्याड्रिड

सेमीफाइनल: (समग्रमा ४-३ को जित)
बायर्न म्युनिख २-२ रियल म्याड्रिड
रियल म्याड्रिड २-१ बायर्न म्युनिख

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.