8 months ago
June 1, 2024
एजेन्सी – तनावपूर्ण बनेको खेलमा अल नासरलाई पराजित गर्दै साउदी प्राे लिग च्याम्पियन अल हिलाल किङ्स कपको च्याम्पियन बनेको छ ।
९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडीमा समेटिएको अल नासरलाई सडन डेथमा ५–४ ले पराजित गर्दै किङ्स कपको च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल निस्कन नसकेपछि खेल टाइब्रेकर हुँदै सडनडेथसम्म लम्बिएको थियो । जसमा साउदी प्रो लिग च्याम्पियन अल हिलालले बाजी मार्न सफल भयो ।
अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गर्न सफल भए । रुवेन नेभेस र साउद अब्दुल हामिदले गोल गर्न सकेनन् ।
अल नासरमा रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले गोल गर्दा एलेक्स टेलास, अली अल हसन र मेसरी अल नेमेरले गोल गर्न सकेनन् ।
त्यसअघि किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेदामा शुक्रबार राति भएको खेलको सातौं मिनेटमा एलेक्सान्दर मित्रोभिचको गोलबाट अल हिलालले अग्रता लिएको थियो । तर, निर्धारित समय सकिन दुई मिेनट बाँकी रहँदा एमन अहमेदले गोल गर्दै खेललाई लम्ब्याए ।
५६औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिन पुग्यो । आफ्नो क्षेत्र बाहिर आएर हातले बल छोएपछि गोलरक्षक डेभिड ओस्पिना सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरियो ।
खेलको अन्तिम तीन मिनेट भने नाटकीय र तनावपूर्ण बन्यो । ८७औं मिनेटमा अल हिलाल पनि १० खेलाडीमा समेटियो । हिंसात्मक आचरणका कारण अली अल बुलाहीलाई रेफ्रीले सुरुमा पहेलो र त्यसपछि रातो कार्ड देखाएर मैदान बाहिर पठाए ।
त्यसको एक मिनेटपछि एमन अहमेदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ९०औं मिनेटमा अल हिलाल ९ खेलाडीमा समेटिन पुग्यो । कालीडो कोलीबाली दोहोरो पहेलो कार्ड खँदै मैदानबाट बाहिरिए । तर, त्यसको फाइदा अल नासरले अतिरिक्त समयमा उठाउन सकेन ।
यससँगै अल नासर यो सिजन उपाधि विमुख बन्यो । साउदी प्रो लिगमा पनि अल हिलालसँग नै पछि पर्यो । अल हिलालले भने यो सिजन तीन उपाधि जित्न सफल भयो । अल हिलालले यसअघि प्रो लिग र सुपर कपको उपाधि जितेको थियो । साउदीमा राेनाल्डाेले उपाधि जित्न सकेकाे छैन ।
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]
February 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]