default_image

3 months ago

May 29, 2024

हान्सी फ्लिक बार्सिलोनाको मुख्य प्रशिक्षकमा नियुक्त

748 views

0 Bookmark

एजेन्सी – हान्सी फ्लिक बार्सिलोनाको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बायर्न म्युनिख र जर्मनीका पूर्व प्रशिक्षक फ्लिकले बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

फ्लिकले गत हप्ता क्लबले बर्खास्त गरेको जाभीको स्थान लिएका छन् । फ्लिकले २०२० मा बायर्न म्युनिखसँग बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको उपाधि सहितको ट्रेबल जितेका थिए । यद्यपि, जर्मन राष्ट्रिय टोलीसँगको उनको पछिल्लो कार्यकालमा राम्रो नतिजा आउन सकेन । उनको प्रशिक्षणमा जर्मनी २०२२ को विश्वकपको समूह चरणबाट बाहिरिएको थियो ।

फ्लिकलाई बार्सिलोनामा “नयाँ संरचना” स्थापना गर्ने भूमिका दिइएको छ ।  स्पेन र युरोपमा चिर-प्रतिद्वन्दी रियल म्याड्रिडलाई चुनौती दिने लक्ष्य राखेका छन् । उनले छिट्टै बार्सिलोनाका स्पोर्टिङ्ग डिरेक्टर डेकोसँग आगामी सिजनको लागि सम्भावित नयाँ खेलाडीहरु अनुबन्ध बारेमा कुराकानी गर्ने अपेक्षा गरिएको छ ।

बार्सिलोना छाडेका प्रशिक्षक जाभीले भने उनको उत्तराधिकारी आफ्नो भूमिकामा “पीडित” हुने बताएका थिए । स्पेनका पुर्व मिडफिल्डर जाभीले नोभेम्बर २०२१ मा बार्सिलोनाको मुख्य प्रशिक्षकको रूपमा पदभार ग्रहण गरे र आफ्नो पहिलो पूर्ण सिजन ला लिगा र स्पेनिस सुपर कप जितेका थिए । यो सिजन बार्सिलोना च्याम्पियन रियल म्याड्रिडभन्दा १० अंकले पछि रह्यो ।

बार्सिलोनाले क्लबमा रहने कुरा पुष्टि गरेको एक महिनापछि जाभीलाई हटाउने निर्णय लिएको हो । यसले उसले क्लबको आर्थिक संघर्षको बारेमा गरेको टिप्पणीहरू पछ्याउँदछ, जसलाई अध्यक्ष जोन लापोर्टा रिसाएको भनिएको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.