default_image

3 months ago

May 29, 2024

विश्व कप छनोट – नेपालले अन्तिम दुवै खेल साउदीमा खेल्ने

1368 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप छनोटको दशरथ रंगशाला नहुने पक्का भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन जनाउँदै न्यूट्रल भेन्यु तय गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको थियो।

त्यसैले अब नेपालले विश्व कप छनोटका अन्तिम दुवै साउदी अरबमा खेल्ने‌ भएको‌ छ। जेठ २४ गते युएईविरूद्ध दोस्रो चरणको खेल नेपालले साउदी अरबमा  खेल्ने छ। खेल नेपाली समयअनुसार ९:४५ राति र स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ।

नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग पनि साउदी मै हुने एन्फाका महासचिव किरण राईले जानकारी दिए।
समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो ।

नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.