default_image

3 months ago

May 26, 2024

पिएसजी फ्रेन्च कप च्याम्पियन

1073 views

0 Bookmark

एजेन्सी – फ्रेन्च कपको उपाधि जित्दै फरवार्ड केलियन एमबाप्पेले आफ्नाे पेरिस सेन्ट जर्मेन (पिएसजी) बसाईकाे सुखद् अन्त्य गरेका छन्।

पिएसजीले शनिबार लियोनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । पिएसजीका लागि आफ्नाे अन्तिम खेलमा भने एमबाप्पेले गाेल गर्न सकेनन् ।

पिएसजीका लागि अन्तिम खेल खेलिरहेका केलियन एमबाप्पेले उपाधिसहित क्लबबाट सुखद बिदाई लिएका छन् । यो सिजन पिएसजीको यो दोस्रो उपाधि हो । यसअघि पिएसजीले फ्रेन्च लिग वान जितिसकेको छ ।

लिलेको स्टेड पियरे माउरोयमा नुनो मेन्डेसको क्रसबाट पिएसजीले ओस्मान डेम्बेलेको हेडर गोलबाट अग्रता लिएको थियो । ३४औं मिनेटम फावियन रुइजले गोल गर्दै अग्रता दोब्बर पारे ।

५५औं मिनेटमा जेक ओ’ब्रायनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी उपाधि जित्न सफल भयो । गत समरमा क्रिस्टल प्यालेसबाट आएका ब्रायनले लियोनबाट पाँचौं गोल गरेका हुन् ।

सन् २०१७ मा मोनाकोबाट पिएसजी पुगेका २५ वर्षीय एमबाप्पेले सात सिजनमा ३ सय ८ खेलमा २ सय ५६ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ता बनेका छन् ।

एमबाप्पेले पिएसजीमा ७ वर्ष बिताउँदा छ वटा लिग वान उपाधिसँगै ४ फ्रेन्च कप र २ लिग कप जितेका छन् । एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा सामेल हुने अपेक्षा गरिएको छ ।

सिजन सकिनुअगावै क्लब छाड्ने निर्णय गरेपछि पिएसजीका प्रशिक्षक लुइस एनरिकेले उनी बिनै टोलीको रणनीति बनाउँदा दुई खेलमा मात्रै सुरुवात गरेका थिए । तर, उनलाई फ्रेन्च कपको फाइनलमा भने सुरुवातबाटै खेलाएको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.