default_image

4 months ago

May 25, 2024

अञ्जनलाई स्पोर्ट्स कम्पनी ३६१ को साथ

633 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोशाक ब्रान्ड कम्पनी ३६१ डिग्रीले प्रायोजन गरेको छ ।

नेपालको लागि स्पोर्ट्स ब्रान्ड ३६१ का आधिकारिक विक्रेताका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच शनिबार सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता तीन बर्ष रहने बताइएको छ ।

कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोशाक उपलब्ध गराउने छ । सम्झौतको आर्थिक विषयलाई भने गोप्य राखिएको छ ।
सिइओ कार्कीले पहिलो पटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने ‘हामीले पहिलो पटक फुटबलमा सहकार्य गरेका छौं । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रो लागि खुसीको क्षण हो ।’

कम्पनीले नेपालमा फुटसल, बास्केटलमा यस्ता सहकार्य गर्दै आएको छ । विगत ६ वर्षदेखि पिस पइन्ट कप आयोजना गरिरहेको छ । सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताए । उनले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रायोजकसँग सहकार्य भएको छ । यसले आगामी करियर बढाउन र फुटबलमै लाग्न थप सहयोग पुर्याउनेछ ।’

सन् २०१४ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमान बराबर गरेका छन् । दशरथ रंगशालामा भएको लाओसविरुद्ध गोलसँगै उनले कीर्तिमान बराबर गरेका हुन् । चोटका कारण अन्जनले जेठ २४ गते युइए र जेठ २९ गते यमनसँगको खेल गुमाउँने भएका छन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.