10 months ago
May 24, 2024
सुमन अधिकारी, बुटवल
रुपन्देही जिल्ला ‘ए’ डिभिजन लिग शनिबारदेखि बुटवलमा सुरु हुने भएको छ । लिगको उद्घाटन खेल शनिबार दिउँसो ३ः३० बजे एन्फा मैदानमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लब बीच सुरु हुने लिग आयोजक रुपन्देही जिल्ला फुटवल संघले जनाएको छ ।
बुटवल उपमहानगरपालिका–११ स्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिताका लागि ‘ए’ डिभिजनमा रहेका ७ वटा क्लब तथा बी डिभिजन लिगबाट छनोट भई बढुवा भएका २ वटा क्बल गरी ९ टिम बीच प्रतिस्पर्धा हुने शुक्रबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कुल ३६ खेल हुने छन् । प्रतियोगिताको विजेता १ लाख र दोस्रोले ५० हजार, तेस्रोले ३० र चौथो टोलीले २० हजार रुपैयाँ प्राप्त गने लिग संयोजक तथा संघका उपाध्यक्ष मुकेश कुंवरले जानकारी दिए ।
जिल्लामा ए डिभिजन क्लब छनोटका लागि आयोजना गरिने यो लिगबाट अंक तालिकाको पुछारका रहने २ टोली बी मा घटुवा हुनेछन् । अन्य क्लब डिभिजन ए मा कायम रहने छन् । प्रतियोगितामा यो वर्ष समुह एमा बढुवा भएका हिमाल युथ क्लब र सिम्रिक युथ क्लबसँगै साविक विजेता सुनौलो संगम युवा क्लब, गोर्खा ब्वाईज, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब र डिएमसी सहभागी छन् ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]