default_image

5 months ago

May 23, 2024

बायर लिभकुसनलाई स्तब्ध पार्दै एटलान्टा च्याम्पियन

1895 views

0 Bookmark

एजेन्सी – यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ ।

डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो । अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल थपे ।

खेलको १२औं मिनेटमा लोकमनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । उनले डेभिड जापाकोस्टाको पासलाई सदुपयोग गरे । २६औं मिनेटमा लोकमनले व्यक्तिगत दोस्रो गोल गर्दा एटलान्टा पहिलो हाफमा २–० ले अघि बढ्यो ।

७६औं मिनेटमा लोकमनले ह्याट्रिक पूरा गर्दै एटलान्टालाई च्याम्पियन बनाए । उनले यसपल्ट जियानलुका स्कामाकाको पासमा बक्सभित्रबाट सानदार फिनिस गरे ।

पहिलोपल्ट फाइनल पुगेको अवसरमै एटलान्टाले उपाधि चुम्न सफल भएको हो । यता, पहिलोपल्ट नै युरोपा लिगको फाइनल खेलेको लिभरकुसन भने उपाधिबाट वञ्चित बन्यो ।

एटलान्टासँगको हारसँगै जर्मन च्याम्पियन लिभरकुसेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिभरकुसेन यो सिजन ५१औं खेलसम्म अपराजित रहेको थियो । २७ मे २०२३ को जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३–० ले पराजित भएयता लिभरकुसेन अपराजित थियो । जसमा ४२ खेलमा जित र ९ खेलमा बराबरीको नतिजा छ ।

यो सिजन लिभरकुसेनले युरोपको शीर्ष ५ लिगमा सबैभन्दा लामोसमय सम्म अपराजित रहने युभेन्टसको ४३ खेलको कीर्तिमान तोडेको थियो ।

यस्तै ९ मे २०२४ मा, लिभरकुसेनले युरोपा लिगमा रोमासँग २–२ गोलको बराबरी खेलेपछि युरोपेली फुटबल इतिहासमा (युईएफए क्लब प्रतियोगिताहरू सुरु भएदेखि) हारबिनाकै सबैभन्दा लामो समयसम्म खेल खेल्ने नयाँ कीर्तिमान कायम गरेको थियो ।

१९६३ र १९६५ बीचमा बेन्फिकाले राखेको ४८ खेलको अघिल्लो कीर्तिमान तोडे । लिभरकुसेनले त्यसपछि लिग सिजन अपराजित रहँदै सकाए । लिभरकुसेन बुन्डेसलिगामा अपराजित रहँदै च्याम्पियन बन्ने पहिलो क्लब बन्यो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.