default_image

4 months ago

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

1419 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे ।

डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको रोमा युरोपा लिगको सेमीफाइनलबाट बाहिरिएको थियो । तर उनी लियोनेल स्कालोनीको कोपा अमेरिका टोलीमा परेनन् । एक समय लियोनेल मेस्सीको उत्तराधिकारीका रूपमा हेरिएका ३०-वर्षीय डिबालाले अर्जेन्टिनाका लागि ३८ खेल मात्र खेल्दै ३ गोल गरेका छन् ।

कोपा अमेरिकाका लागि अन्तिम टोलीमा २६ खेलाडीहरू समावेश हुनेछन् । प्रतियोगिताको तयारीका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीले इक्वेडर र ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

संयुक्त राज्य अमेरिकामा जुन २० देखि जुलाई १४ सम्म हुने २०२४ कोपा अमेरिकाको समूह चरणमा अर्जेन्टिनाले क्यानडा, चिली र पेरुविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

गोलकिपर: एमिलियानो मार्टिनेज (एस्टन भिल्ला), जेरोनिमो रुल्ली (आजाक्स), फ्रान्को अरमानी (रिभर प्लेट)

डिफेन्डर: गोन्जालो मोन्टिएल (नोटिङ्घम फरेस्ट), नाहुएल मोलिना (एटलेटिको म्याड्रिड), लियोनार्डो बालेर्डी (मार्सेली), क्रिस्टियन रोमेरो (टोटेनहम), जर्मन पेजेला (बेटिस), लुकास मार्टिनेज क्वार्टा (फियोरेन्टिना), निकोलस ओटामेन्डी (बेन्फिका), मार्कोस अकुना (सेभिल्ला), निकोलस ट्याग्लियाफिको (लियोन), भ्यालेन्टिन बारको (ब्राइटन)

मिडफिल्डर: गुइडो रोड्रिग्वेज (बेटिस), लिआन्ड्रो परेडेस (रोमा), एक्क्विएल पालासियोस (बायर लेभरकुसेन), एन्जो फर्नान्डेज (चेल्सी), जिओभानी लो सेल्सो (टोटेनहम), एन्जल डी मारिया (बेन्फिका), भ्यालेन्टीन कार्बोनी (मोन्जा)

फरवार्ड: लियोनल मेस्सी (इन्टर मियामी), जुलियन अल्भारेज (म्यानचेस्टर सिटी), अलेजान्ड्रो गार्नाचो (म्यानचेस्टर युनाइटेड), निकोलस गोन्जालेज (फियोरेन्टिना), एन्जल कोरिया (एटलेटिको म्याड्रिड), लाउटारो मार्टिनेज (इन्टर)

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.