default_image

4 months ago

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

543 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ ।

खेल १-१ को बराबरीमा रहेको अवस्थामा इन्ज्युरी समयको चौथो मिनेटमा आशिष लावतीले गोल गर्दै आरसी ३२ लाई शीर्ष स्थानमा पुर्याए ।

त्यसअघि खेलको ३६औं मिनेट सुजन बलम्पाकी मगरले आरसी ३२ लाई अग्रता दिलाएका थिए भने गोलबजारका विनु आले मगरले ६३औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गरेका थिए ।

शीर्ष स्थानमा पुगेको आरसी ३२ को ९ खेलमा १९ अंक रहेको छ । गोलबजार भने ५ अंक बटुल्दै पुछारमा रहेको छ ।

यस्तै दिनको दोस्रो खेलमा मनोहरा युनाइटेड युथ क्लब झम्सिखेल युथ क्लब विरुद्ध ३-० ले पराजित भयो । झम्सिखेलका लागि आकाश बहादुर रन, विवस लिम्बू र अरुण मेचेले एक-एक गोल गरे ।

जित पछि झम्सिखेल ९ खेलमा १३ अंक सहित छैठौं स्थानमा उक्लिएको छ । मनोहरा भने १४ अंक सहित चौथो स्थानमा यथावत छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.