default_image

4 months ago

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

1508 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ ।

लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न सके लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्नेछ । सोही समयमा लिगका सबै २० टोली एकैपटक खेल्ने छन् ।

आर्सनललाई च्याम्पियन बन्न एभर्टनविरुद्ध जित र अर्काे खेलमा सिटीले अंक गुमाउनुपर्ने हुन्छ । सिटीको ३७ खेलबाट ८८ तथा आर्सनलको ८६ अंक छ । गोल अन्तरमा पनि यी दुई टोलीबीच खासै भिन्नता छैन ।आर्सनलले २००३ देखि लिग उपाधि जित्न सकेको छैन । सो सिजन आर्सनलले अपराजित रहँदै लिग जितेको थियो ।

प्रिमियर लिगमा यस सिजन शीर्ष चारमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने टोलीको समेत टुंगो लागिसकेको छ । सिटी र आर्सनल बाहेक लिभरपुल र एस्टन भिल्ला अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन् ।

यस्तै बर्नली र शेफिल्ड युनाइटेड रेलिगेसनमा परिसकेका छन् । लुटन टाउन रेलिगेसनमा पर्ने तेस्रो टोली बन्ने समेत लगभग निश्चित रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.