default_image

4 months ago

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

1124 views

0 Bookmark

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो ।

शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ जित र ६ बराबरी सहित ९० अंक जोड्न सफल रह्यो । यो लेभरकुसेनको क्लब इतिहासमा पहिलो लिग उपाधि समेत रहेको छ ।

लेभरकुसेन यस सिजन सबै प्रतियोगितामा अपराजित रहेको छ । लेभरकुसेन जर्मन कप डिएफबी पोकाल र युरोपा लिगको समेत फाइनलमा प्रवेश गरिसकेको छ ।

युरोपा लिगको फाइनल इटालियन कप एटालान्टा विरुद्ध मे २३ मा हुनेछ । यस्तै जर्मन कप फाइनल २५ मे मा दोस्रो डिभिजन टोली काइसरस्लाउटर्न विरुद्ध हुनेछ ।

बुन्डेसलिगामा यस सिजन ७३ अंक सहित स्टुटगार्ट दोस्रो रह्यो । बायर्न म्युनिख ७२ अंक सहित तेस्रो र आरबी लाइपजिग ६५ अंक बटुल्दै चौथो स्थानमा रह्यो । बोरूसिया डर्टमुण्ड ६३ अंक सहित पाँचौं स्थानमा रह्यो । यी पाँच टोली अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.