default_image

4 months ago

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

300 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा महालक्ष्मीका निशान रावलको आत्मघाती गोलमा चन्द्रागिरीको फाइनल यात्रा तय भएको हो । चन्द्रागिरीका सिल्भा कन्दाग्वा प्लेयर अफ दी म्याच भए ।

उनलाई आयोजक गोदावरी नगरपालिकाले उपलब्ध गराएको ५ हजार रुपैयाँ र ट्रफि महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी मर्हजनले हस्तान्तरण गरिन् ।

सो खेलमा उदयमान खेलाडीको ट्रफि महालक्ष्मीका निशान बस्नेतले पाए । उनलाई महालक्ष्मीकी उपमेयर मर्हजन र गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको वेलकम पार्टी प्यालेसका संचालक सुवास पुडासैनीले संयुक्त रुपमा ट्रफि प्रदान गरे ।

अर्को सेमिफाइनलमा काठमाडौंले मध्यपुर थिमिलाई १–० ले नै हरायो । मनिष सेढाईले ५३ औं मिनेटमा गरेको गोलमा काठमाडौंले अन्तिम दुईको यात्रा तय गर्यो ।

काठमाडौंका अनिल खड्का प्लेयर अफ दी म्याच चुनिए । उनलाई मध्यपुर थिमिका प्रवक्ता कृष्णहरि आचार्यले ट्रफि र ५ हजार रुपैयाँ प्रदान गरे । मध्यपुरका अमर श्रेष्ठ उदयमान खेलाडी घोषित भए । उनलाई प्रतियोगिता संयोजक निरोज बज्राचार्यले सो ट्रफि प्रदान गरे ।

वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रंगशाला झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुबै सेमिफाइनलका खेल च्यासलमा खेलाइएको हो । फाइनल खेल गोदावरी रंगशालाा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । अनुशासित टोलीले ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.