default_image

9 months ago

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

411 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड
चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्काएपछि उसले हार व्यहोर्नु परेको थियो ।

खेलको २५ औँ मिनेटमै चन्द्रगढीका प्रेम लिम्बूले गोल गर्दै गोल बराबरीमा ल्याएका थिए । त्यस्तै, खेलको २६ औँ मिनेटमा सुवास खड्काले एक गोल थप्दै नतिजा २–१ मा पुर्याए ।

खेलको ३६ औँ मिनेटमा झिलझिलेका सुवास आङथुपोले गोल गर्दै २–२ को बराबारीमा फर्किने प्रयास गरे पनि त्यसपछि थप दुई गोल खाँदा प्रतियोगिताबाट बाहिरिनु पर्यो
चन्द्रगढीका लागि खेलको ४१ औँ मिनेटमा प्रेमकुमार लिम्बू र ५९ औँ मिनेटमा सुवास खड्काले गोल गर्दै नतिजा ४–२ बनाएका थिए ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच चन्द्रगढीका प्रेमकुमार लिम्बू भए । उनले नगद २५०० र ट्रफी पाए ।

कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।‌

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले २ हजार ५ सय रुपैयाँ र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् ।

१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

February 7, 2025

आहा राराको पूर्व विजेता संकटा भारतीय क्लबसँग खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं‌ संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

February 7, 2025

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, टोरेसको ह्याट्रिक

एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]

Success

Thank you for your time.