default_image

4 months ago

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

991 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो ।

एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा गरी २०२४/२५ सिजनका लागि क्लब लाइसेन्स पाएका छन् । यसका साथै चर्च ब्वाइजले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले खुलाएको छ । तर नेपालबाट एक टोलीले तेस्रो श्रेणीको च्यालेन्ज लिग खेल्ने एएफसीले पहिले नै खुलाएको छ ।

एएफसीले आउँदो सिजन देखि एएफसी प्रतियोगिताहरूमा एक श्रेणी थप गर्दै कुल तीन श्रेणी बनाएको छ । च्याम्पियन्स लिग एलिट र च्याम्पियन्स लिग २ पछिको तेस्रो श्रेणीको च्यालेन्ज कपको छनोट प्रतियोगितामा चर्च ब्वाइजले सहभागिता जनाउनेछ ।

२०१४ पश्चात एएफसीले पहिलो पटक तेस्रो श्रेणीको लिग सुचारु गर्दैछ । सो समयमा एएफसी प्रेसिडेन्ट्स कपको नामले खेलाईने प्रतियोगिता गत १० वर्ष देखि बन्द गरिएको थियो ।

क्लब लाइसेन्स प्राप्त गर्दा आफ्नै एकेडेमीका साथसाथै आफ्नै खेल मैदानको आवश्यकता रहने गर्दछ । मैदानको अभावका कारण देशमा रहेको एकमात्र दशरथ रंगशालालाई क्लबहरुले आफ्नो घरेलु मैदानका रूपमा सिफारिस गर्दै आएका थिए । तर एएफसीले हालमात्र रंगशालाको अन्तराष्ट्रिय मान्यता खोजेपछि चर्च ब्वाइजले घरेलु खेल नेपालमा खेल्ने नखेल्ने भने अन्योलमा रहेको छ ।

गत वर्ष आर्मी र एपिएफ क्लब सहित मछिन्द्र क्लबले लाइसेन्स प्राप्त गरेका थिए । नेपालको तत्कालीन एएफसी कप छनोटमा चर्च ब्वाइजको लाइसेन्स नभएका कारण उपविजेता मछिन्द्र क्लबले भाग लिएको थियो । मछिन्द्रले भुटानको पारो एफसीलाई हराउँदै दोस्रो चरणमा पुगेको थियो भने सो चरणमा भारतको मोहुन बगान विरुद्ध पराजित भएको थियो ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.