9 months ago
May 8, 2024
एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि खेलको एकमात्र गोल म्याट्स हुमेल्सले गरे । अर्कोतर्फ स्टार खेलाडीहरुले भरिपूर्ण पिएसजी यो सिजन पनि च्याम्पियन्स लिग उपाधि उचाल्न बाट चुकेको छ । सेमिफाइनलको पहिलो लेगमा पटक पटक बाधक बनेको गोलपोस्ट दोस्रो लेगमा पनि पिएसजीका लागि बाधक बन्दा फ्रेन्च टोली फाइनलमा पुग्न सकेन । उता डर्टमुण्डको रक्षात्मक प्रदर्शन पनि उल्लेखनिय नै रहेको थियो ।
४७औं मिनेटमा वेन जाएर एमेरीले राम्रो मौकामा पोस्टमा प्रहार गरे । त्यसको तीन मिनेट पश्चात डर्टमुण्डले खेलमा अग्रता लियो ।
जुलियन ब्रान्ड्टको कर्नर किकमा डिफेन्डर म्याट्स हुमेल्सले शक्तिशाली हेडर प्रहार गर्दै डर्टमुण्डलाई खेलमा अग्रता दिलाए । समग्रमा दुई गोलले पछि परेपछि घरेलु टोलीले राम्रो मौकाहरु सिर्जना गर्यो । ६०औं मिनेटमा गोन्सालो रामोसले बक्स भित्रबाट उत्कृष्ट मौका पोस्टको माथि प्रहार गरे । ६१औं मिनेटमा पिएसजीका नुनो मेन्डेजले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार पनि पोस्टमा लागेर बाहिरियो ।
६५औं मिनेटमा उसमान डेम्बेले माथि भएको फाउल पश्चात रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीले सो फाउल बक्स बाहिर रहेको निर्णय गरेपछि पिएसजीको लागि मौका गुम्यो।
८७औं मिनेटमा किलियन एमबाप्पेले पनि गोलकिपर बिनाको पोस्टमा क्रसबारको माथिल्लो भागमा प्रहार गरे । ८८औं मिनेटमा भिटिन्हाको बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार पनि क्रसबारमा लागेर फर्कियो । पिएसजीले दुवै लेगमा कुनै गोल गर्न सकेन ।
गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका थिए ।
यी दुई टोली एकै समूहबाट अघि बढाएका थिए । समूह चरणको दुई खेलमा एउटा खेल डर्टमुण्डले जितेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो ।
डर्टमुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेतासँग खेल्नेछ। यी दुई टोली बीचको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । दोस्रो लेग बुधबार हुनेछ ।
सन् २०१३ मा पछिल्लो पटक डर्टमुण्ड फाइनल पुग्दा बायर्नसँग पराजित भएको थियो । डर्टमुण्डले एकमात्र च्याम्पियन्स लिग उपाधि १९९७ मा जितेको थियो ।
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]