9 months ago
April 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जानकारी लिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् ।
इङ्ल्यान्ड सीसँग दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ जाने तालिका थियो । तर, भिसा नआइपुगेका कारण टोली जान पाएन ।
खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा मन्त्री ले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा एन्फा महासचिव किरण राईसँग आज छलफल भएको हो।
भिसा ढिलाईको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले आज राती सम्म भीसा आउने बताए । भिसा लिनकै लागि भारतको दिल्लीमा पठाएको पनि महासचिव राईले जानकारी गराए।
एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राखेपमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए । यस बाहेक ५ जना एन्फा भिआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारेका छन् ।
यस विषयमा एन्फा महासचिव राईले खेलाडी र टोलीको मात्र स्वीकृती लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृती नलिएको जिकिर गरे । उनले बाकी २० जना आफ्नै खर्चमा जाने पनि बताए । तर एन्फाले उनीहरूको भिसाको लागि बेलायती राजदुतावासमा सिफारिस गरेको पनि जानकारी दिए ।
राष्ट्रिय खेलकुद ऐन अनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृती लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले दोहोराएका छन् । सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राखेपमा स्वीकृती लिनुपर्ने निर्णय मन्त्री श्रेष्ठले गरेका छन् । स्वीकृती नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन् ।
यसैबीच, युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृती विना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र जानकारी दिइएको छ । एन्फा अध्यक्षसहित भिआइपी ५ जनाको हकमा भने स्वीकृती लिएर पठाउनका लागि मन्त्री श्रेष्ठ सकारात्मक रहेको बुझिएको छ ।
राष्ट्रिय फुटबल टोलीमा रहेका २३ खेलाडी:
किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ, फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी, अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ
अफिसियल:
भिन्सेन्जो अल्बर्टो अनेसे (मुख्य प्रशिक्षक), प्रवेश कटुवाल (सहायक प्रशिक्षक), विनोद डंगोल (गोलरक्षक प्रशिक्षक), उत्तम भण्डारी (व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), पुरुषोत्तम थापा मगर (अफिसियल), मनिष जोशी (हेड अफ डेलिगेट्स)
एन्फा भीआइपी:
पंकज विक्रम नेम्वाङ (अध्यक्ष), दीपक खतिवडा (उपाध्यक्ष), महेन्द्र क्षेत्री (कार्यसमिति सदस्य), विकास नारायण श्रेष्ठ (कार्यसमिति सदस्य), दामोदर भट्टराई (संयोजक/सहायक महासचिव)
अन्य १५ जना:
उमेश प्रधान – अनुशासन समिति
मनिराज विष्ट – कार्यसमिति सदस्य
सरिता श्रेष्ठ मलेकु – कार्यसमिति सदस्य
टिकाराम लामा – कार्यसमिति सदस्य
किरण राई – महासचिव
भरत बुढ थापा – कार्यसमिति सदस्य
विजय घले – सह महासचिव
राजु तामाङ – पत्रकार
नेपाल कार्की – मधेश प्रदेश फुटबल संघ
हेमराज राई – उदयपुर जिल्ला फुटबल संघ
विश्वराज राई –
सुरेश शाह – प्रवक्ता
हितमान गुरुङ –
इन्द्रराज जोशी – श्री भगवती क्लब
कौरव पाण्डे – दोलखा जिल्ला फुटबल संघ
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]
February 8, 2025
एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]
February 8, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सहज जित दर्ता गरेको छ । नासरले शुक्रवार अल–फेहामाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा नासरको जितमा जोन डुरानले २ र कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे। २२औं मिनेटमा डुरानले गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा डुरानले अर्को गोल गरे । त्यसको २ मिनेटपछि […]