default_image

9 months ago

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

2606 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ ।

भिसा प्रक्रियामा निकै ढिलो हुँदा यसअघि नै एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउने तयारी गरेको थियो । तर भिसा नआएका कारण मंगलबार विहान जाने समूह नै उड्न पाएको छैन । मंगलबार साँझ पनि अर्को समूह रहेको जानकारी प्राप्त भएको छ ।

भिसा नभएको कारण उडान रद्द भएसँगै अब एन्फाले निकै सास्ती खेप्नुपर्ने देखिन्छ । एक त भिसा नै नआएको समस्या । त्यसमाथि रद्द भएको टिकटमा थप आर्थिक भारसँगै छोटो समयमा नै वैकल्पिक उडान खोज्नुपर्ने अवस्था रहेको छ ।

एन्फाले इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने टोलीको सोमबार बिदाइ गरेको थियो ।

उक्त कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित रहेका थिए । राजदूत फेनले फुटबल टोलीलाई शुभकामना दिँदै आफूले टोलीलाई पूर्णरूपमा समर्थन गर्ने कुरा व्यक्त गरेका थिए । उनले कार्यक्रमबारे आफूलाई धेरै जानकारी नरहेको पनि बताएका थिए ।

एन्फाले इङ्ल्यान्ड भ्रमणमा जाने २३ खेलाडी सहितको नेपाली टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीले मे ३ मा ब्रिटिश आर्मी टोली र मे ६ मा इङ्ल्यान्ड ‘ को सामना गर्ने योजना छ । दुवै खेल एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुनेछ ।

नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर: विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ

मिडफिल्डर: फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी

फरवार्ड: अन्जन विष्ट, जिलेस्पी जंग कर्मी, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ

February 8, 2025

व्हिल चियर दौडमा सन्तोष र सृजना विजयी

पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]

February 8, 2025

आहा रारा पोखरा गोल्डकप – पुलिस र युकेको ब्रिगेड ब्वाइज खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको‌ सर्वाधिक सफल सफल टोली मध्येको‌ एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]

February 8, 2025

बायर्नको जितमा केनको २ गोल

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हासिल गरेको छ । बायर्नले शुक्रवार एसभी वेर्डर ब्रेमेनलाई ३-० ले हराएको हो । घरेलु मैदानमा बायर्नको जितमा अर्को गोल लिरोय सानेले गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा […]

Success

Thank you for your time.