default_image

7 months ago

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

619 views

0 Bookmark

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो।

बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए।

२२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। ३८ औं‌ मिनेटमा पेपेलुले गोल गरेपछि पहिलो हाफमा भ्यालेन्सियाले २-१ को अग्रता लिएको थियो।

पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा गिओर्गी मामर्डासभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा बार्सिलोनाले दोस्रो हाफमा उठायो ।

४९ औं मिनेटमा लेवान्डोस्कीले बराबरी गोल गरे। ८२ औं र इन्ज्युरी समयको खेलको तेस्रो मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे भने टोलीलाई जित दिलाए।

जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ३३ खेलमा टोलीको ७३ अंक छ र दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको रियल म्याड्रिडको भन्दा बार्सिलोना ११ अंकले पछाडि छ। त्यसैगरी भलेन्सिया ४७ अंकसहित आठौं स्थानमा छ।

November 26, 2024

‘होम ग्राउन्ड’ डोमालाल राजवंशी रंगशाला स्तरोन्नति गर्दै झापा ११

हिमाल खरेल,बिर्तामोड मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यसै महिनाको अन्त्यमा सुरु अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत धमाधम भइरहेको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिता मंसिर […]

November 26, 2024

रोनाल्डोको २ गोलसँगै अल नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको एएफसी च्याम्पियन्स लिग इलाइटको खेलमा साउदी क्लब अल नासरले कतारी क्लब अल घराफालाई ३-१ ले पराजित गरेको छ। अल घराफाको मैदानमा सोमवार भएको खेलमा अल नासरको‌ लागि अर्को एन्जेलो गाब्रियलले गरे । घराफाका जोसेलुले गरेको गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अघि बढाए। […]

November 25, 2024

एन्फाले एकलौटी निर्णय लाद्न खोजेको ‘बी’ डिभिजनका १० क्लबको आरोप

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्। ३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। मंसिर ६ गते एन्फा र क्लबका […]

Success

Thank you for your time.