10 years ago
September 25, 2015
काठमाडौं, असोज ८ गते ।
आज झापाको सुरुङाको खेलमैदनमा भएको राष्ट्रिय लिगको खेलमा झापाले नेपाल आर्मी क्लबलाई २-१ ले पराजित गर्यो । नेपाल आर्मीको जारी राष्ट्रिय लिगमा यो पहिलो हार हो, अगिल्लो ९ वटा खेलमा आर्मी अपराजित थियो । यो जित सँगै झापा २१ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ ।
लिग ब्रेक पछी भएको खेलहरुमा निरन्तर पोइन्ट गुमाउदै आएको झापाले ब्रेक पछी को पहिलो जित आत्मशात गर्यो । खेलको पहिलो मिनट बाट नै हबी देखिएको झापाले ३ मिनटमै प्राप्त पेनाल्टी कर्ण लिम्बुले सदुपायोग गर्दै घरेलु टोलीलाइ आग्रता दिलाए र तेस्को ११ मिनट पछी पनी कर्ण लिम्बुले नै गोल गर्दै आग्रता दोब्बर बनाए । पछी दुबै टोलिले राम्रो मुभ बनाए पनि पहिलो हाल्फमा थप गोल हुन सकेन ।
पहिलो हाल्फमा जोसिलो देखिएको झापा दोस्रो हाल्फको सुरुमा सुस्ताएको देखिए पनि दिनेश थापा मगरले केहि उत्कृष्ट बचाउ गर्दै झापालाई खेलमा गाडी नै राखे । दोस्रो हाल्फको अन्तिम मिनटमा टकं बस्नेतको क्रसमा गोल गर्दै जितेन्द्र कार्कीले खेल २-१ मा पुराए ।
May 1, 2025
बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]