10 months ago
April 28, 2024
एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको छ ।
लिभरकुसनले युरोपा लिगमा वेस्ट ह्याम युनाइटेड र बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डसँग बराबरी खेल्दा अन्तिम समयमा गोल गरेका थिए । क्रिस फुरिच र डेनिज उन्डवले गोल गर्दा लिभरकुसनका एमिन एड्लि र रोबर्ट एन्डरिचले बराबरी गोल फर्काए ।
घरेलु मैदान बेएरिनामा लिवरकुसन खेलको ५७औं मिनेटसम्म २–० ले पछि परिसकेको थियो । ४७औं मिनेटमा क्रिस फुरिचले र ५७औं मिनेटमा डेनिज उन्डवले गोल गरेका थिए ।
६१औं मिनेटमा एमिनले गोल गर्दै बायर लिभरकुसनलाई २–१ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटम रोबर्ट एन्डरिचले गोल गर्दै लिभरकुसनलाई हारबाट जोगाए । यस बराबरीसँगै लिभरकुसनको ३१ खेलबाट ८१ अंक पुगेको छ । स्टुटगार्ट ६४ अंकसहित तेस्रो स्थानमा छ ।
लिभरकुसन २७ मे २०२३ को बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३–० ले पराजित भएयता ४६ खेलसम्म अपराजित छ । जसमा ३८ खेलमा जित र ८ खेलमा बराबरीको नतिजा छ । लिभरकुसनले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]