10 months ago
April 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो।
सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा बिर्सना चौधरीले अग्रता दोब्बर पारिन् । ४४औं मिनेटमा यशोदाले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा सदूरपश्चिमले ३–० को अग्रता बनायो ।
दोस्रो हाफमा पनि बागमतीको प्रदर्शन फितलो रह्यो। ७१औं मिनेटमा यशोदाले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरिन् । सुदूरपश्चिको गोल त्यतिमा मात्र रोकिएन । ८१ र ८९औं मिनेटमा मीना देउवाले २ गोल गर्दा सुदूरपश्चिमले फराकिलो जित दर्ज गर्यो। सुदूरपश्चिमकी यशोदा प्लेयर अफ दि म्याच घोषित भइन् ।
चौथो खेलमा तेस्रो जित सहित ९ अंक बनाएको सुदूरपश्चि अंक तालिकाको दोस्रो स्थानमा छ । चार खेलमा शतप्रतिशत जित निकालेको कोशी १२ अंक सहित शीषस्थानमा छ । बागमतीले भने चौथो खेलमा पनि अंकको खाता खोल्न सकेन।
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]