10 months ago
April 27, 2024
एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो ।
दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले ३२ बलमा ४ चौका र ४ छक्का सहित बनाएको ६३ रन नै सर्वाधिक रह्यो ।
यस्तै कप्तान हार्दिक पन्ड्याले २४ बलमा ४६ रन जोडे ।टिम डेभिडले ३७ रन बनाए भने सूर्यकुमार यादवले २६ रन जोडे । ईशान किशनले २० रन बनाए ।
दिल्लीका लागि मुकेश कुमार र राशिख सलामले समान ३-३ विकेट लिए भने खलिल अहमदले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले अष्ट्रेलियन खेलाडी जेक फ्रेजर-मक्गर्कको विष्फोटक इनिङको मद्दतमा ४ विकेटको क्षतिमा २५७ रन जोड्यो । फ्रेजर-मक्गर्कले २७ बलमा ११ चौका र ७ छक्का सहित ८४ रन बनाएका थिए ।
यस्तै ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन जोडे भने साई होपले १७ बलमा ४१ रन बनाए । अभिषेक पोरेलले ३६ तथा ऋषभ पन्तले २९ रन जोडे ।
मुम्बईका लागि लुक वुड, जस्पृत बुम्राह, पियुस चावला र मोहम्मद नवीले समान १-१ विकेट लिए ।
जितपछि दिल्ली १० खेलमा १० अंक सहित पाँचौं स्थानमा छ भने मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ ।
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]