default_image

10 years ago

September 25, 2015

मोरङका प्रशिक्षक र खेलाडी कारवाहीमा

151 views

0 Bookmark

अखिल नेपाल फुटबल संघले हिजो लक्ष्मीमार्ग रंगशालामा मोरङ र थ्रि स्टार बिचको खेलपछि रेफ्रिमाथि भएको आक्रमणका दोषीहरुलाई कडा कारवाहि गर्ने भएको छ|
Three Star vs Morang
मोरङ र थ्रि स्टार विचको खेलको समापनपछि भएको घटनाक्रमको विषयमा बसेको अनुशासन कमिटीको बैठकले सो निर्णय गरेको हो| एन्फाको प्रतियोगिता नियमावली अनुसार तिन खेलाडी, प्रशिक्षक पारस चौधरी, मेनेजर चुमन बस्नेत र सहायक प्रशिक्षक मनिष तिमल्सिनालाई एन्फाले आयोजना गर्ने वा संघको स्विकृतिमा आयोजना हुने सबै प्रतियोगिताबाट प्रतिबन्ध लगाएको छ|
खेलाडीहरु टेक बहादुर लिम्बु, सुरेन्द्र थापा र सुनिल खड्कालाई १८ महिना प्रतिबन्ध गरिएको छ भने प्रशिक्षक पारस चौधरी र मेनेजर चुमन कुमार बस्नेत १ वर्षे कुनै एन्फा सम्बन्धित गतिविधिमा सामेल हुन पाउने छैनन्| सहायक प्रशिक्षक ननिष तिमल्सिनालाई दुई वर्षे प्रतिबन्ध लगाइएको छ|
रुस्लान थ्रि स्टार र मोरङको खेलमा रेफ्रि सुदिस पाण्डेले दुई पेनाल्टी दिएको र खेल पश्चात खेलाडी र प्रशिक्षकले रेफ्रिमाथि अपशब्द प्रयोग गरेको र त्यसपछि दर्शकहरु समेत मैदानमा प्रवेश गरी सहायक रेफ्रिहरु एवं रेफ्रि माथि साघांतिक आक्रमण गरेको कुरा रेफ्री असेसर, म्याच कमिस्नर, डाक्टर र रेफ्री रिपोर्टमा उल्लेख छ |
प्रतियोगिताको नियमावली अनुसार मोरङ फुटबल क्लबलाई रु ५०,००० जरीवाना गराउने निर्णय पनि अनुशासन कमिटीले लिएको छ|

May 1, 2025

टुसालसँग सरस्वतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]

May 1, 2025

एपिएफ बागमती मुख्य मन्त्री कपको फाइनलमा

बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]

May 1, 2025

आरसिटी विजयी, १२ औं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]

Success

Thank you for your time.