default_image

8 years ago

February 2, 2017

यू १६ का पूर्व कप्तान हेमन्तको मनाङबाट ‘डेब्यू’ को सम्भावना

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू १६ का पूर्व कप्तान हेमन्त थापामगरले आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट ‘डेब्यू’गर्ने सम्भावना छ ।

hemant

झापामा जारी दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलमा मनाङले न्यू रोड टिम (एनआरटी)को सामना गर्दैछ । शनिबार पोखरामा सम्पन्न आहा रारा गोल्डकपमा नै टोलीमा समेटिएपछि हेमन्तले डेब्यू गर्न पाएका छैनन् ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङका अनुसार उनले आज डेब्यू गर्ने सम्भवना छ । ‘आहा राराको फाइनलमा खेलाउने योजना थियो । तर परिस्थिति त्यस्तै भयो ’ उनले भने, ‘आज पनि सुरुआती ११ मा त छैनन् । तर दोस्रो हाफमा खेलाउन सकिन्छ ।’ गत बर्ष सुदूरपश्चिमाञ्चलबाट राष्ट्रिय लिग खेलेका हेमन्तको मनाङ पहिलो ए डिभिजन क्लब हो । ‘मनाङ जस्तो नेपालका सफल क्लबहरु मध्येको बाट खेल्न पाउनु मेरो लागि ठूलो अवसर हो ’ धरानका २० बर्षे सेन्ट्रल मिडफिल्डले भने, ‘टिममा धेरै राम्रो खेलाडीहरु हुनुहुन्छ । मौका पाए भने आफ्नो क्षमता अनुसारको प्रदर्शनको प्रयास गर्नेछु ।’ गत बर्ष नेपालले साफ यू १९ फुटबल उपाधि जित्दाका महत्वपूर्ण सदस्य हेमन्तको अरुको जस्तै राष्ट्रिय टोलीबाट खेल्ने सपना छ । उनी थप्छन्,‘हरेक खेलाडी राष्ट्रिय टोलीबाट खेल्न चाहन्छ ।

तर त्यो अघि मैले आफुलाई क्लब फुटबलमा प्रमाणित गर्नुपर्छ । त्यसका लागि मनाङबाट खेल्न पाउनु ठूलो अवसरका रुपमा लिएको छु ।’ उनी गत बर्ष बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समेटिएपनि डेब्युको मौका भने पाएनन् । राष्ट्रिय लिग यता हेमन्तले केही घरेलु प्रतियोगिताका साथै भारतको सिलोङमा केही खेल खेलेको बताएका छन् ।

January 10, 2025

बागमती र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

January 9, 2025

पुलिसलाई हराउँदै एपिएफ शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]

Success

Thank you for your time.