default_image

8 years ago

February 2, 2017

रमपम झापा गोल्डकप – मनाङ एनआरटीको सामना गर्दै

63 views

0 Bookmark

दिपक बोहोरा
झापा– पछिल्लो तीन सातामा दुई उपाधि जितेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा न्यूराड टिम (एनआरटी) को सामना गर्दैछ ।

mmc
गत महिनको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्डकपको फाइनल खेलेको मनाङ त्यसपछिका लगातार दुई साता सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र पोखराको आहा रारा गोल्डकपको उपाधि जितेको थियो । शनिबार आयोजक सहारालाई १–० ले हराउँदै मनाङले पाँचौं पटक आहा रारा गोल्डकप जितेको थियो ।
एनआरटी यहि बर्षमात्र ए डिभिजनमा पुनरागमन गरेको टोली हो । २०७० मा क्लब ऋणमा परेको भन्दै फुटबलबाट अलग भएको एनआरटी नियमानुसार बी डिभिजनमा घटुवा भएको थियो । यो बर्ष बी डिभिजन खेल्दै एनआरटी ए डिभिजनमा फकेृको हो । झापा गोल्डकपमा नेपाल पुलिसलाई २–१ ले हराउँदै एनआरटी क्वार्टरफाइनल पुगेको थियो भने मनाङले सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो ।

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.