default_image

5 months ago

April 21, 2024

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

1135 views

0 Bookmark

एजेन्सी – तीन गोलको अग्रता गुमाएको खेलमा दोस्रो डिभिजनको टोली कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । युनाइटेडले पेनाल्टी सुटआउटमा ४-३ को जित दर्ता गर्यो ।

निर्धारित समय र अतिरिक्त समय ३-३ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । ३ गाोलको अग्रता लिएर पछि ३ गोल खाएको युनाइटेड अन्त्यमा जित निकाल्दै लगातार दोस्रो पटक एफए कपको फाइनल पुगेको हो ।

खेलको २३औं मिनेटमा स्कट मक्टोमीनेको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वायरले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि ५८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडको अग्रता ३-० बनेको थियो ।

बलियो अवस्थामा रहेको खेलमा भने युनाइटेडले ३ गोल खान पुग्यो । ७१औं मिनेटमा एलिस सिम्सले कोभेन्ट्रीका लागि पहिलो गोल गरेका थिए । यस्तै ७९औं मिनेटमा क्यालम ओ’हारेले दोस्रो गोल गरे । तेस्रो गोल भने इन्ज्युरी समयमा पेनाल्टी मार्फत आएको थियो । एरन वान बिस्साकाले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा हाजी राइटले कुनै गल्ती गरेनन् ।

टाईब्रेकरमा भने युनाइटेड सुरुवातमा नै पछि परेको थियो । कासेमिरोको पेनाल्टी सुरुवातमै ब्राड्ली कोलिन्सले बचाएका थिए । तर त्यसपछि कोभेन्ट्रीका दुई खेलाडी पेनाल्टीमा गोल गर्न चुके । क्यालम ओ’हारेको पेनाल्टी युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाए भने बेन सिएफले पोस्ट भन्दा माथि प्रहार गरे ।

युनाइटेडले फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । गत वर्षको फाइनलमा पनि युनाइटेड र सिटी भिडेका थिए । त्यसमा सिटी विजयी भएको थियो ।

सिटीले शनिबार पहिलो सेमिफाइनलमा चेल्सी माथि १-० को जित निकालेको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.