8 years ago
February 2, 2017
लन्डन (एजेन्सी)– गाब्रियल जेसुसले इङ्लिस फुटबलमा पहिलो गोल गरेको प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडाई ४–० ले हराएको छ । तर, गए रातीनै सिटीको सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेड भने हल सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । जितपछि सिटीले शीर्षस्थानको चेल्सीसँगको दुरीलाई छोट्याएको छ ।
१७ औं मिनेटमा केभिन डी ब्रुनेको गोलमा पास मिलाइ दिएका ब्राजिलियन अन्तर्राष्ट्रिय जेसुसले रहिम स्टेर्लिङको पासमा ३९ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । त्यसअघि २१ औं मिनेटमा डेभिड सिल्भाले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा याया टाउरेले पेनाल्टीमा टोलीका लागि चौथो गोल गरे । जोसे फोन्टेले स्टेर्लिङलाई फाउल हानेपछि सिटीले पेनाल्टी पाएको थियो ।
अघिल्लो दिन आर्सनल वाटफोर्डसँग हार्नु, टोटेनह्यामले सन्डरल्यान्डसँग बराबरी खेल्नु, लिभरपुल र चेल्सीले अंक बाड्नु र युनाइटेड पनि बराबरीमा रोकिनुले सिटीलाई त्यसको फाइदा पुगेको छ । पेप ग्वार्डिओलाको टोली पाँचौं स्थानमा छ । तर दोस्रो स्थानको टोटेनह्यामभन्दा मात्र एक अंकले पछाडी छ ।
शीर्षस्थानको चेल्सीको ५६ अंक छ भने टोनेटह्याम र तेस्रो स्थानको आर्सनलको समान ४७ अंक, चौथो स्थानको लिभरपुल र सिटीको ४६ अंक छ । ४२ अंकका साथ युनाइटेड छैटौं स्थानमा छ । प्रिमियर लिगमा बुधबार अर्को खेलमा स्टोक र एभर्टनले १–१ को बराबरी खेलेका थिए ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]