7 months ago
April 14, 2024
काठमाडौ ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सन्जाल मार्फत जानकारी दिएको छ।
अल्डरसट टाउन एफसीको रंगशाला इबिबीमा वैशाख २४ गते बीच मैत्रीपूर्ण फुटबल हुनेछ। राष्ट्रिय फुटबल टोलीले पहिलोपटक इंग्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इंग्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो।
नेपाली फुटबलको प्रारम्भिक टोली
गोलकिपर– किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, सन्तोष महत
डिफेन्डर – अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ, अभिषेक लिम्बु
मिडफिल्डर – लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की, भरत खवास
फरवार्ड– दिनेश हेन्जन, , हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, राजेश परियार, अन्जन विष्ट,
जिलेस्पेजंग कार्की
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]