10 months ago
April 14, 2024
एजेन्सी – कप्तान तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ ।
खेलमा दुईपटक पछि परेको स्थितिमा ब्रुनोले दुई गोल गरेपछि युनाइटेडले घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको हो । बर्नमाउथका डोमिनिक सोलांके र जस्टिन क्लुइभर्टले गोल गरेपनि जित निकाल्न सकेन ।
बर्नमाउथमा शनिबार राति भएको खेलको १६औं मिनेटमा सोलांकेले गोल गर्दै बर्नमाउथलाई १–० को अग्रता दिलाए । ३१औं मिनेटमा ब्रुनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
३६औं मिनेटमा जस्टिनले गोल गरेपछि बर्नमाउथले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा पछि परेको युनाइटेडका लागि ६५औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
इन्ज्युरी समयमा बर्नमाउथले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यस बराबरीसँगै युनाइटेड ३२ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ । बर्नमाउथ ४२ अंक जोडेर १२औं स्थानमा छ ।
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]
February 11, 2025
सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको जनसेवा सेकेण्डरी स्कुल र सल्लाघारी सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। जनसेवाले डिएभी स्कुल जावलाखेललाई ३-१ ले पराजित गरेको हो । जनसेवाका मिलन सहकारी, अर्जुन धामी र केभिन दुलालले समान १ गोल गरे । डिएभीका हिमालयजंग बस्नेतले १ गोल गरे । […]