11 months ago
April 13, 2024
सुनिल गाउँले, सिमरा
नेपाल पुलिस क्लब बाराको सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली एपिएफ फुटबल क्लबलाई शनिबार ३–२ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो ।
पुलिसका आशिष राई, रामचन्द्र वाजे, सुजन मगरले गोल गरे । एपिएफका प्रदीप लामा र युवराज खड्काले गोल गरेका थिए ।
विभागीय डर्बीमा पुलिसले पहिलो मिनेटमै अग्रता बनाएको थियो । एपिएफ टोली सम्हालिन नपाउँदै खेल सुरु भएको ४७ सेकेण्डमै पुलिसका आशिषले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिषको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको २० औं मिनटमा एपिएफ २–० ले पछि प¥यो । रामचन्द्रले गोल गरेका थिए । उज्वलको क्रसमा रामचन्द्रले पेनाल्टी बक्स भित्रबाट गोल गरेका हुन् । निकै आकर्षक खेल प्रस्तुत गरेको एपिएफले ४२ औं मिनटमा प्रदिपले गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरे । बुद्धिमान राईको पासलाई पेनाल्टी बक्सबाट प्रदिपले गोल गरेका थिए ।
खेलको ६१ औं मिनटमा युवराजको गोल मार्फत एपिएफ खेलमा फर्कियो । प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको ठाँउमा मैदानमा पठाएका थिए । युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको गोल गरेका थिए ।
खेल सकिन २ मिनेट बाँकी रहँदा पुलिसका सुजन मगरले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । सुजनले एपिएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए । पृथ्वी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे ।
इन्जुरी समयमा एपिएफ १० खेलाडीमा सिमित भयो । अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपिएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
दोश्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभिजन क्लब मच्छिन्द्रसंग सोमबार प्रतिष्पर्धा गर्नेछ । पुलिस ९ बर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोलि आर्मीसंग पराजित भएको थियो । पुलिसका रामचन्द्र वाजे प्लेयर अफ दी म्याच घोषित भए र उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार रुपैयाँ ट्रफि प्राप्त गरे ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]