10 months ago
April 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ४ योद्धा फुटबल एकेडेमी सन्चालनमा आएको छ।
नयाँ वर्षको पहिलो दिन शनिबार एकेडेमीको औपचारिक रुपमा सुरुवात गरिएको हो। त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी युद्ध शाहीको पारिवारिक लगानीमा एकेडेमी स्थापना भएको हो । सोही एकेडेमीमा हालै भएको प्रदेशको यु १३ को छनोट भएको छ।
एकेडेमीमा हाल २५ जनाले प्रशिक्षण लिइरहेको बताइएको छ । हाल युद्धले प्रशिक्षण दिइरहेको र अब आर्मीका पूर्व खेलाडी बाबुकाजी धौवन्जारले प्रशिक्षण दिने बताइएको छ।
स्वस्थ नागरिक तयार गर्नुका साथै फुटबल खेलाडी उत्पादन गर्ने एकेडेमीको उद्देश्य रहेको युद्धका दाइ द्वन्द्व शाहीले जानकारी दिए। साथै युवा पिडिहरुलाई कुलतमा फस्नबाट जोगाउनका लागि पनि एकेडेमीको प्रयास सार्थक हुने विश्वास शाहीले लिएका छन्।
युद्ध र द्वन्द्वका बुवा पृथ्वीबहादुर शाही, आमा मुक्ति शाही, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष तथा कर्णाली फुटबल संघका कार्यवाहक अध्यक्ष प्रमोद हमाल,उक्तरपश्चिम पृतनापति कृष्ण देव भट्टले संयुक्तरुपमा एकेडेमीको उद्घाटन गरेका थिए।
१३ कट्ठा बढी क्षेत्रफलमा फैलिएको एकेडेमीमा प्रशिक्षणको लागि एस्ट्रो टर्फ,फल्डलाइट चेम्जोङ रुम, अफिस रहेको र भविष्यमा त्यसको विस्तार गरिने लक्ष्य रहेको युद्धले जानकारी दिए।
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]
February 11, 2025
सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]