8 years ago
February 1, 2017
बिक्रम आचार्य
डिसेम्बरको घटना हो , छनोट चरण पार गरिसकेको रुस्लान थ्री स्टार क्लबले क्लब स्तरिय महादेसिय प्रतियोगिता खेल्न पाएन । अखिल नेपाल फुटबल संघ (एन्फा) को सचिवालयले एसियाली फुटबल महासंघ (एएफसी) को पत्राचार (इमेल) लाई वेवास्ता गरेको कारण सो प्रतियोगितामा थ्री स्टार घरमै बसेर मंगोलियको इर्चिम भने खेल्न जाने भयो ।
डिसेम्बरको घटना पछि सामाजिक सन्जाल र संचारमाध्यमहरुमा सो घटनाको समाचारले भरिएका थिए , नेपाली फुटबलमा नियमन निकायको लापरबाही छताछुल्ला भएको थियो । केही दिनको अन्तरालमा थ्री स्टारले पत्रकार सम्मेलन गरी क्षतीपूर्ति स्वरुप एन्फा सँग छ करोड नेपाली रुपैया माग गरेको थियो ।
यही घटनाका सत्य तथ्य सार्वजनिक गर्ने भन्दै एन्फाले आफ्नै उपाध्यक्ष वीर बहादुर खड्काको सम्योजकत्वमा छानबिन समिति गठन ग¥यो । अर्को तिर थ्रीस्टारले आफु दुःखमा परेपछि हार गुहार गर्दै क्लब सम्योजन समिती खडा गर्ने भूमिका खेल्यो ।
डिसेम्बरको मध्य लगभग तातेको यो बिषय भने नेपाली भुगोलमा जाडो बढे सगै सेलाएको छ । त्यही विषयले निकास नपाउन्जेलका लागि भन्दै थ्री स्टारले मोफसलमा भइरहेका कुनै पनि नकआउट प्रतियोगितामा भाग लिएन । थ्री स्टारका लागि मोफसल एकाध फुटबल नखेल्नु ठूलो विषय होइन । उसले नेपाली फुटबलमा यस्ता नजिर पटक पटक स्थापित गरिसकेको छ । अहिलेको परीपेक्षमा एन्फाले थ्री स्टारलाई भित्रभित्रै मिलायो कि ? थ्री स्टार आँफै मौन भयो वा उ के गर्दैछ वा खडा भएको संयोजन समिति के गर्दैछ भन्ने आमसञ्चारमा देखिएको छैन ।
विक्रम आचार्य
नेपाली फुटबल जगतमा कतिले त्यसलाई देशद्रोह सँग जोडे भने , कसैले एन्फा महासचिव धिरेन्द्र प्रधानको राजीनामा मागे , चम्के तर दुईचार दिन । आम नेपाली फुटबल समर्थक भने यो कुरा सेलाएको देख्दा सायद म जस्तै अचम्मित होलान , वा उनीहरु ले पनि भुले । न नेपाली फुटबलका बिषयमा मुलधार ठडिएका वेभहरुले यो घटना फलो अप नै गरे न थ्री स्टारको समर्थक संस्था ‘वी आर स्टार्स’ ले यस बारे सन्जाल वा फिल्डमा आफ्नो दायित्व पुरा गरेको देखियो ।
नेपाली फुटबलमा घटेका विभिन्न घटनाहरु यस्तै नौ दिनका नौलो, बिस दिन बिर्सयो मात्र भएका छन् । नेपाली खेलाडी कोही जीवन धान्न नसकेर खाडी, युरोप वा अन्य देश उड्दैछन्,कोही मोफसलका नकआउट प्रतियोगितामा ज्यालादारी रकममा खेल्दैछन् ।
दुई दिन अघि एउटा क्लबको जर्सी लगाएको खेलाडी अर्को दिन अर्को जर्सीमा देखिन्छ । त्यो नेपाली फुटबलमा सिजनको समाप्ती वा ट्रान्सफर ब्रेक पछिको बद्लाव होइन , एक गम्भिर नियती हो , जुन संसारमा सायदै यो सगरमाथाको देशमा मात्रै हुन्छ । यस्तै नेपाली फुटबलको सबै भन्दा गम्भिर क्षण , फिक्सिङ अर्थात खेल मिलेमतो गरी राष्ट्रलाई हराएका खेलाडी हरुको बिषय पनि दुईचार दिन चम्किलो घेरामै रह्यो र अस्तायो ।
एएफसीले आजिवन प्रतिबन्ध लगाएपछि , एउटा खेलाडीका लागि त्यो भन्दा ठुलो कारवाही अरु त के होला ? तर नेपालको न्यायलयले भने उनीहरुलाई प्रमाणित ग¥यो, अप्रमाणित ग¥यो वा छुट दियो , यो बिषय खुलेको छैन वा बाजेको पालामा परेको मुद्दा नातीको पालामा टुंगिने हो ? र यसले अहिले खासै कसैको महत्व पनि पाएको छैन । नेपाल , नेपाली समाजमा यस्ता अनेकन बिषयहरु छन् जसको बखान गरी साध्य छैन । अन्य कुरालाई थाती राख्दै , यो पङ्तीकार सोध्न चाहन्छ ? थ्री स्टारको मुद्दा कहाँ पुग्यो ? थ्री स्टारले छ करोड पाउछ कि छ रुपैयाँ ?
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]