11 months ago
April 12, 2024
सुनिल गाउँले, सिमरा
मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनलमा सिराहाको सलहेश युवा क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो ।
मच्छिन्द्रले अब उपाधिका लागि शनिबार एपिएफ र पुलिसबिच हुने विभागीय डर्बीको विजेतासंग खेल्नेछ । मच्छिन्द्रको जितमा विमल घर्ती मगर र देवेन्द्र तामाङले गोल गरे । मच्छिन्द्रले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो ।
खेलको ३० औं मिनटमा विमलको गोल मार्फत मच्छिन्द्रले अग्रता बनाएको थियो । पेनाल्टी बक्स बाहिरबाट छिरिङ गुरुङले दिएको पासलाई विमलले सिराहाको बक्सभित्र नियन्त्रणमा लिंदै गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । अभिषेक गुरुङको कर्नर बलमा देवेन्द्रले हेडिङ मार्फत गोल गरेका थिए ।
राष्ट्रिय टिमका अनुभवी खेलाडी सहित मैदान उत्रिएको मच्छिन्द्र सामु सिराहाका खेलाडी दबाबमा देखिन्थे । पहिलो हाफमा मच्छिन्द्रविरुद्ध आक्रामक खेल खेलेपनि खेलमा पछि परेपछि सिराहाका खेलाडी लयमा देखिएनन् । विमल, मनिष डाँगी जस्ता खेलाडी सहित उत्रिएको मच्छिन्द्र उच्च मनोबलमा देखिन्थ्यो ।
पहिलो हाफमै अग्रता बनाएको मच्छिन्द्रले दोश्रो हाफ पूर्ण नियन्त्रणमा राखेको थियो । सिराहाले दोश्रो हाफमा आकर्षक अवसर बनाउन सकेन । जीतपुरसिमरा गोल्डकपमा मच्छिन्द्र पहिलो सहभागिता मै फाइनल पुगेको छ ।
विमल प्लेयर अफ दि म्याच घोषित भए र शुभारम्भ कलेज म्यान अफ दि म्याचको ट्रफि सहित १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र शुभारम्भ कलेजका निर्देशक डा.राहुल झाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा शनिबार पुलिस र एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]